पोखरा  / पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । 

विभागीय डर्बी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो।

OM Sai Pathibhara Hospital

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा आर्मी  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा स्तब्ध बनायो ।

उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ।