काठमाडौँ / शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

 ८ खेलमा १० अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ । ८ खेलमा ८ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।