काठमाडौं / कोरोना भाइरस संक्रमण बढेपछि काठमाडौंमा जारी ए डिभिजन लिगका खेलहरू हेर्नको लागि खोप कार्ड अनिवार्य गरिएको छ । नबौं चरणका खेलबाट यस्तो नियम लगाइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेल हेर्न जाने दर्शकले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने बाध्यकारी नियम लगाएको हो । 

OM Sai Pathibhara Hospital

खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरूको तापक्रम भने नापिनेछ । कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल छ। 

अहिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।