खेलकुद

    Showing 1,341-1,350 of 1,600 items.
  • डिभिजन लिग हेर्न खोप कार्ड अनिवार्य

    काठमाडौं / कोरोना भाइरस संक्रमण बढेपछि काठमाडौंमा जारी ए डिभिजन लिगका खेलहरू हेर्नको लागि खोप कार्ड अनिवार्य गरिएको छ । नबौं चरणका खेलबाट यस्तो नियम लगाइएको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेल हेर्न जाने दर्शकले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने बाध्यकारी नियम लगाएको हो । खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरूको तापक्रम भने नापिनेछ । कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल छ। अहिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा मनाङ मर्स्

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 157 पटक पढिएको
  • कराबाओ कपको फाइनलमा पुग्यो चेल्सी

    एजेन्सी / इंग्लिस क्लब टोटनहमलाई १–० ले पराजित गर्दै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।बुधबार लन्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३–० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीले उपाधिका लागि वेम्बली रङ्गशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।खेलको १८ औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलमा चेल्सी विजयी बनेको हो । म्यासन माउन्टको कर्नरमा रुडिगरले हेड मार्फत गोल गरेका थिए ।

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 154 पटक पढिएको
  • इन्टर मिलानले जित्यो सुपर कपको उपाधि

    एजेन्सी / युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले उपाधि जितेको हो ।इन्टर मिलानलाई उपाधि दिलाउनको लागि लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान एक/एक गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याकेनीले गरेको गोल सान्त्वना बन्यो ।खेलको २५ औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।३५औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।त्यो पछि न

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 223 पटक पढिएको
  • प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

    काठमाडौं / ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियता अनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका  हुन । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।महासङ्घले जारी गरेको बरियता अनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 244 पटक पढिएको
  • बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा

    एजेन्सी / रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३९२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरेका छन् भने बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका छन् ।खेलको २५ औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७२ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाएका थिए ।८३ औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गो

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 399 पटक पढिएको
  • पीएम कप टी –२० : आर्मीमाथि पुलिसको जित

    काठमाडौँ / प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंक सहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो ।पुलिसले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो । आर्मीले भने सोमबार पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो । मङ्गलबारको खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ३५ रन जोडे । उनले २२ बल

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 158 पटक पढिएको
  • ए डिभिजन लिगको आठौं चरणको खेल : खेल स्थलमा मोबाइल बोक्न नपाउने

    झापा /  स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा अफिसियल तथा खेलाडीहरूले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने भएका छन् ।अखिल नेपाल फुटबल संघले विज्ञप्ति जारी गर्दै पुस २३ गतेदेखि हुने प्रतियोगितामा हेड कोच र म्यानेजर बाहेकलाई खेल हुने मैदानमा मोबाइल नल्याउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 181 पटक पढिएको
  • दमकले जित्यो कनकाई कप भलिबल प्रतियोगिताको उपाधि

    बिर्तामोड / सुरुङ्गा जेसीजले आयोजना गरेको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ । बुधबार झापाको सुरुङ्गामा सम्पन्न खेलमा झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि २२–२५ ले गुमाउन पुगेको थियो । तर, तेश्रो सेटमा धन बहादुर भट्ट, ज्योति प्रकाश लावती र हरिबहादुर अधिकारीले उत्कृष्ट प्रदर्शन गरेपछि दमकले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।चौथो सेटमा पनि दमकले उत्कृष्ट प्रदर्शन गरेपछि २५–२३ को जित निकाल्दै उपाधि जितेक

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 318 पटक पढिएको
  • झापा गोल्डकप फागुन २१ गतेदेखि सूरु

    बिर्तामोड / झापा गोल्डकपको पाँचौँ संस्करण फागुन फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको छ । गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो ।  झापा गोल्डकपको विजेता टोलीले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उच्च गोलकर्तालाई २५

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 308 पटक पढिएको
  • ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

    काठमाडौं / सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछ ।लिग अन्तर्गत सातौँ चरण आज दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्गशालामा हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।थ्री स्टार ७ अङ्कसहित लिगको सातौँ स्थानमा रहँदा समान ७ अङ्क जोड्दै जावलाखेल नबौं स्थानमा छ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।उता पोखरामा मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । क्लब लाइसेन्स पाएका ४ टोली मध्ये सातौँ चरणसम्म माथिल्लो स्थानको क्लबले एएफसी कपको छनोटमा सहभागी हुन पाउने हुँदा मनाङलाई आज जित्नैपर्ने

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.