काठमाडौँ / ओमानमा जारी चार देशबीचको टी -२० क्रिकेट सिरिजमा नेपालले आज टेस्ट टोली आयरल्याण्डको सामना गर्दैछ । नेपाल र आयरल्याण्डबीच खेल अपरान्ह ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

जारी सिरिजमा दुवै टिमले एक / एक खेल जितेका छन् । नेपाल – आयरल्याण्डले युएईविरुद्ध भने हारको सामना गरे । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमान विरुद्ध भने जित हासिल गरेका थिए । आईसीसी विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपाल – आयरल्याण्ड लयमा फर्कन चाहन्छन् ।

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी –२० म्याच खेलेका थिए । उक्त खेलमा आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।

आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो प्रतियोगितामा पहिलो खेल १८ फेब्रुअरीमा ओमानको सामना गर्नेछ ।