काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अबको सिरिज यूएईमा खेल्ने भएको छ । यूएई, नेपाल र पपुवा न्युगिनी विच हुने यो सिरिज मार्चमा हुने पक्का भएको हो ।

खेल्ने दिन भने तय भइसकेको छैन । टी २० विश्वकपको ग्लोबल छनोटका लागि ओमान जाने तयारीमा रहेको नेपाली टिम ओमानपछि नेपाल फर्किनेछ । फेब्रेवरीको २४ मा ग्लोबल छनोट सकिनेछ । त्यसपछि नेपाली टिमलाई यो सिरिज भएको खण्डमा करिव तीन साताको समय बाँकी हुनेछ । नेपालले पीएनजीसँग अन्तिम पटक ओमानमा दुईवटा एकदिवसीय सिरिज खेलेको थियो र जसमा दुबै खेलमा नेपाल विजयी भएको थियो ।

OM Sai Pathibhara Hospital

लिग टु को पुछारबाट दोस्रो स्थानमा रहेको नेपाली टिमले यूएई पीएनजीसँगको सिरिज सारजाह र दुबई गरेर दुई वटा मैदानमा हुने संभावना छ । नेपालले अहिलेसम्म आठ खेलमा चार जित र चार हार ब्यहोरेको छ । जसमा नेपालको आठ अंक छ । नेपाल भन्दा पछाडी पपुवा न्युगिनी रहेको छ । उसले अहिलेसम्म खेलेका १२ खेलमा सबैमा पराजित भएको छ ।