बिर्तामोड  / इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ ।

खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबर्द्धन तथा ग्रामीण क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका गोल्डकपको आयोजना गरिएको हो । शनिबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ७ गतेदेखि १४ गतेसम्म गोल्डकप हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital


युनाइटेड देउमाई युथ क्लब देउमाई नगरपालिकाले गोल्डकपको आयोजना गर्न लागेको हो । स्थानीय १६ जना युवाको सक्रियतामा दुई महिना अघि मात्र स्थापित सो क्लबले भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा जिल्ला बाहिरका तीन सहित ८ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै विधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड र स्ट्राइकरले जनहि ३ ३ हजार रुपैंयाँ पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी ५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।

क्वार्टर फाइनलका खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाईनलका खेलमा २ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष लिम्बूले बताए ।