काठमाडौं / चारदेशीय टिट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।
१ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो ।
युएईका खासिफ दाउद र रोहन मुस्तफाले समान दुईदुई विकेट लिँदा जुनैद सिद्धिकीले एक विकेट लिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको थियो ।
युएईका लागि चिराज सुरीले अविजित ८४ रनको योगदान गरे । रोहन मुस्तफाले ४९, मोहम्मद वसिमले २२, बसिल हमिसले १७ तथा मोहमम्द बुटाले अविजित १४ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले एक – एक विकेट हात पारे ।
यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले अब सोमबार हुने सिरिजको अन्तिम खेलमा आयरल्याण्डको सामना गर्दैछ ।