काठमाडौँ / ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ ४५ बजे सुरु हुनेछ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । 

OM Sai Pathibhara Hospital

यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ । नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।

नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २९१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।

त्यसपछि नेपाल र यूएई टी ९२० मा पहिलो पटक खेल्दैछन् । २०१९ मा भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो भने नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यही सिरिज मार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै म्यान अफ दि सिरिज बनेका अविनाश बोहरा हाल नेपाली टिमको मुख्य सदस्यको रुपमा छन् । यस्तै त्यस सिरिजमा डेब्यु गरेका अन्य खेलाडीहरू रोहित पौडेल, सन्दिप जोरा र पवन सर्राफ भने यस पटक टिममा छैनन् । त्यस बेलाको टिम र अहिलेको टिममा धेरै फरक आइसकेको छ ।