काठमाडौं / आईसीसी पुरुष टी –ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार ओमान प्रस्थान गर्दैछन् ।

नेपाल क्रिकेट संघका अनुसार नेपाली टोली मंगलबार राति ८ बजे प्रस्थान गर्ने छन् ।

OM Sai Pathibhara Hospital

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । त्यस्तै समूह बी मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

खेलहरू फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।

नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ मा, दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा, तेस्रो खेल क्यानाडासँग फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू फेब्रुअरी २२ तारिखमा हुनेछ ।

फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

यसैगरी, छनोट अघि नेपालले ओमानमा चारदेशीय टी –२० सिरिज खेल्ने छ ।

सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै, दोस्रो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्याण्डसँग खेल्नेछ ।