खेलकुद

    Showing 1,231-1,240 of 1,313 items.
  • कोपा अमेरिका फुटबलको उपाधि जित्न सफल अर्जेन्टिना

    काठमाडौँ / ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल निर्णायक भयो ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षप

    • प्रकाशित मितिः असार २७, २०७८
    • 167 पटक पढिएको
  • कोपा अमेरिका : ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

    काठमाण्डाै / ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थिय

    • प्रकाशित मितिः असार २७, २०७८
    • 196 पटक पढिएको
  • अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी

    काठमाडौँ / अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । १ सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटिएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाएका हुन् । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिएका थिए । जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक–शून्यले अघि भएको छ । पाँच टी–ट्वेन्टी र तीन खेलको एक दिवसीय खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा छ ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 177 पटक पढिएको
  • सन्दिपले बेलायतमा क्रीकेट खेल्ने

    काठमाडौँ / नेपाली बलर सन्दीप लामिछाने गएराती बेलायत प्रस्थान गरेका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दिप बेलायत प्रस्थान गरेका हुन् ।आउँदो २२ तारिखदेखि सुरु हुने द हन्ड्रेड प्रतियोगितामा सन्दिप ओभल इन्भिन्सिबलबाट खेल्ने भएका छन् ।बेलायत पुगेपछि सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। दुई पटक कोरोनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी नभए सन्दीप क्रिकेट खेल्ने जनाईएको छ ।यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट खेल्न पाएका थिएनन् ।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 203 पटक पढिएको
  • युरो कप : डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश

    बिर्तामोड / डेनमार्कलाई २–१ अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इङ्ल्यान्डलाई उपाधि नजिक पुर्याएका हुन् ।खेलको पहिलो हाफमा इङ्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा मिकेल डाम्सगार्डको सुन्दर गोलमा अघि बढेको डेनमार्कको अग्रता ९ मिनेट पनि टिकेन । इङ्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको थियो । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी

    • प्रकाशित मितिः असार २४, २०७८
    • 383 पटक पढिएको
  • युरो कपमा आज दुई खेल हुँदै

    काठमाडौं / १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन बीच प्रतिस्पर्धा हुनेछ।दुई टोली बीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ ।स्पेनले क्वाटरफाइनल मा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३ - १ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी, इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौँ पटक प्रतिस्पर

    • प्रकाशित मितिः असार २२, २०७८
    • 355 पटक पढिएको
  • युरोकप: क्वाटरफाइनलका दुई खेल हुदैँ

    काठमाडौं / आज युरोकप १६ औं संस्करणको फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ ।  चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो । डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल

    • प्रकाशित मितिः असार १९, २०७८
    • 431 पटक पढिएको
  • आज युरोकप क्वार्टरफाइनलका दुई खेल हुँदै

    काठमाडौं / युरोकप २०२० अन्तर्गत आज क्वार्टरफाइनलको दुई खेल हुँदैछन्।रसियाको क्रेस्टो भस्की स्टेडियममा हुने खेलमा स्विट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटालीबीचको प्रतिस्पर्धा हुँदैछ।पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्विट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेन बीचको खेल राति ९ : ४५ बजे हुनेछ । अर्को खेलमा बेल्जियमले इटालीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ : ४५ बजे जर्मनीको म्युनिकमा हुनेछ ।स्विट्जरल्याण्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो । त्यसैगरी स्पेनले क्रोएसियालाई ५ - ३ गोलले पराजित गर्दै स

    • प्रकाशित मितिः असार १८, २०७८
    • 218 पटक पढिएको
  • एन्फाको बन्द प्रशिक्षण स्थगित

    बिर्तामोड / अखिल नेपाल फुटबल संघ एन्फाको बन्द प्रशिक्षण स्थगित गरिएको छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई कोरोना संकमण पुष्टि भएपछि प्रशिक्षण स्थगित गरिएको हो । राष्ट्रिय फुटबल टिमका बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा संक्रमण पुष्टि भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साताका लागि सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । कोरोना संकमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । च्याम्पियनका लागि मुख्य प्रशिक्षण अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।&nbs

    • प्रकाशित मितिः असार १७, २०७८
    • 240 पटक पढिएको
  • नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित

    स्पेन / स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज कोरोना भाइरसले स्थिति असहज भएपछि स्थगित भएको छ। नामिबिया क्रिकेट टिमका ४ भन्दा बढी खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार खबर आएपछि, नेपाली टिम सिरिज हुनेमा ढुक्क नभएको नेपाली क्रिकेट टिम स्रोतले जनाएको छ । भोलिपल्ट बिहीबार आइसिसीले नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जानकरी दिएको छ । आइसिसीका अनुसार यो सिरिज आगामी २०२२ जुलाई मा हुनेछ।  आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकि

    • प्रकाशित मितिः असार १०, २०७८
    • 166 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा