खेलकुद

    Showing 1,231-1,240 of 1,600 items.
  • मनाङमस्र्याङ्दी क्बल दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

     बिर्तामोड / मनाङमस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको २७ औँ म

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 327 पटक पढिएको
  • एक दिवसीयमा रोहितको तिन नयाँ कीर्तिमान

    काठमाण्डौ / नेपाली राष्ट्रिय टोलीका क्रिकेटर रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान कायम गरेका छन् ।काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी विरुद्दको खेलका क्रममा उनले उनले एक दिवसीय खेलमा सर्वाधिक रनको साझेदारी , एकै इनिङमा सर्वाधिक रन र एक दिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।पपुवा न्युगिनीसँगको खेलमा नेपाल पराजित बनेपनि रोहित भने आफ्नो नाममा कीर्तिमान कायम गर्न सफल भएका छन् ।उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको कीर्तिमान भंग गरी आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । ज्ञानेन्द्रले १९ एक दिवसीय खेलमा ४८० रन बनाएका थिए ।क्रि

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 198 पटक पढिएको
  • हालसम्म फिफा विश्वकप २०२२ अन्तर्गत छानिएका १९ राष्ट्र

    काठमाडौं / कतारमा हुने फिफा विश्वकप २०२२ छनोट अन्तर्गत हालसम्म १९ राष्ट्र छानिएका छन् । अब १३ देश छानिन बाँकी छन् । उरुग्वे र इक्वेडर दक्षिण अमेरिकी क्षेत्र तथा जापान र साउदी अरेबिया एसियाली क्षेत्रबाट छनोट भएका हुन् ।आज बिहान भएको खेलमा पेरुलाई १-० ले हराउँदै उरुग्वे विश्वकपका लागि छनोट भएको हो । यस्तै, इक्वेडर भने पाराग्वेसँग ३-१ ले पराजित हुनका बाबजुद अरु टोलीको नतिजाका आधारमा विश्वकपमा छनोट भएको हो ।यता, जापानले गएराति भएको खेलमा अष्ट्रेलियामाथि २-० को नतिजा निकालेर विश्वकपमा स्थान बनाएको हो । यसैगरी, साउदी अरेबिया भने चीनसँग १-१ गोलको बराबरी खेल्नका बाबजुद विश्वकपमा स्थान बनाउन सफल भ

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 243 पटक पढिएको
  • झापा आर्चरी संघको आयोजनामा धनुकाण खेलको तालिम सुरु

    भद्रपुर / झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ  झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण सुरु  गरेको छ । नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरुङको पहलमा तीन दिने प्रशिक्षण सुरु  गरेको हो । भद्रपुर ८ नं वडा अध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा मेची रङ्गशाला भद्रपुरमा आज भएको उद्घाटन कार्यक्रममाको झापा आर्चरी संघका सचिव दीप पौडेलले सहजीकरण गरेका थिए ।अध्यक्ष कविन राईको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राखेको साथै  राष्ट्रिय अध्यक्ष गुरुङले खेलको बारेमा जानकारी गराएका थिए । चैत्र १३ गतेसम्म सञ्चालन

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 187 पटक पढिएको
  • रोहित बने एक दिवशियमा सर्वाधिक रन बनाउने खेलाडी

    काठमाण्डौ / क्रिकेटर रोहितकुमार पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी भएका छन् । एक दिवशिय क्रिकेटमा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले कायम राखेको रेकर्ड भंग गर्दै पौडेलले नयाँ रेकर्ड बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनि विरुद्ध शुक्रबार भएको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मद्धतले शतक पूरा गर्दै एक दिवशिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन् ।एक दिवशिय क्रिकेटमा क्रिकेटर रोहित अघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । एक दिवशिय क्रिकेट ओडिआईमा शतक बनाउने उनी दोस्रो खेलाडी समेत बनेका छन् ।एक दिवशिय क्रिकेटमा ज्ञानेन्द्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 196 पटक पढिएको
  • इटाली यसपटक पनि विश्वकपबाट बाहिरीयो

    बिर्तामोड / युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ। युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा गए राती नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो।नर्थ म्यासेडोनियासँग १–० गोलले  स्तब्ध हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोटबाट बाहिरिएको हो। इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे।घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाए पनि गोल गर्न नसक्दा  अन्ति

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 340 पटक पढिएको
  • दुर्गापुरलाई ५–० ले पराजित गर्दै गोर्खाब्वाइज दमक गोल्डकपको क्वारटफाइनलमा

    बिर्तामोड / गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक/एक गोल गरे ।गोर्खाब्वाइजले खेलको दास्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 516 पटक पढिएको
  • प्रथम रात्रिकालीन वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ लाई

    झापा / भद्रपुर युवा परिवारले आयोजना गरेको प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ ले जितेको छ । भद्रपुर उच्च माविको खेल मैदानमा बुधबार राति भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका वडा नम्बर ४ लाई २५–१७, २५–१९ को सोझो सेटमा हराउँदै वडा नम्बर ६ ले उपाधि जितेको हो ।  उपाधि जितेको वडा नम्बर –६ ले ३५ हजार रुपैयाँ पाएको छ भने उपविजेता वडा नम्बर –४ ले २० हजार पाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा –६ का हेमन्त विश्वकर्मा, वेस्ट स्पाइकर वडा –४ का भरत राजवंशी, वेस्ट वलकर वडा –५ का सञ्जय चौधरी, वेस्ट डिफेन्डर वडा –४ का बुद्धिमान राजव

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 626 पटक पढिएको
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल आज घरेलु टोली थाइल्याण्डसँग भिड्दै

    बिर्तामोड / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्यान्डबीचको खेल आज (बिहिवार) थाइल्यान्डमा हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाली समयअनुसार साँझ पौने ६ बजे थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा नेपाल दुवैमा पराजित भएको थियो भने, यो पटक मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा रहेको छ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्र

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 283 पटक पढिएको
  • आयोजक दमक–११ लाई पराजित गर्दै बागमती क्वाटर फाइनलमा

    बिर्तामोड / बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ ।बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 435 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.