एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नाई सुपर किङ्सलाई ११ रनले हराएको हो ।

OM Sai Pathibhara Hospital

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । 

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।