एजेन्सी / भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको छ । जारी सिजनमा पञ्जाबको यो पाँचौं जित हो । उसले १० म्याच खेल्दा पाँच खेलमा भने हारको सामना गरेको छ । 


आफ्नो दसौं खेलमा गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर शिखर धवनले ५३ बलमा आठ चौका एक छक्कासहित अविजित ६२ रन बनाए ।

OM Sai Pathibhara Hospital

त्यस्तै, भानुका राजापाक्षले २८ बलमा पाँच चौका र एक छक्कासहित ४० रन जोडे । लियाम लिभिङस्टोनले १० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ३० रनको आक्रामक पारी खेले । जोनी बेयरिस्टो भने एक रनमै आउट भए । गुजरातका लागि मोहम्मद शामीलकी फर्ग्युसनले एकरएक विकेट लिए । 

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि साइ सुदर्शनले अर्धशतकीय पारी खेले । उनले ५० बलमा पाँच चौका र एक छक्कासहित अविजित ६५ रन बनाए ।


ऋद्धिमान साह २१, डेविड मिलर र राहुल तेवटिया ११र११ रनमा आउट भए । बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पञ्जाबका लागि कागिसो रबाडाले चार ओभरमा ३३ रन दिएर चार विकेट लिए । ऋषि धवन, लियाम लिभिङस्टोनअर्शदीप सिंहले एकरएक विकेट हात पारे ।

यो जितसँगै पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । हारका बाबजुद गुजरात १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले १० म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । गुजरातले लगभग प्लेअफको यात्रा पक्का गरिसकेको छ ।