काठमाडौँ / खेलकुदका लागि भारत्तोलनका समान आठ पुरुष र महिला गरी १६ जना खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी र ७३ केजीमा आर्मीका राजु चौधरी छनोट भएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै ७३ केजीमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशाल सिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभास उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।

नेपाल भारत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी सङ्गीता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सज्नु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिएका छन् । 

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष/महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले १, विशाल सिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए । महिलामा सज्नु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे ।