एजेन्सी / आइपिएल २०२२ मा बैङ्ग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २९ रनको जित निकाल्दै राजस्थान ८ खेलबाट १२ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको गुजरात टाइटन्सको ७ खेलबाट १२ अङ्क नै छ। 

OM Sai Pathibhara Hospital

पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो ।

उसका लागि रियान परागले नटआउट ५६ रन जोडे । उनले ३१ खेलमा ३ चौका र ४ छक्का हिर्काउँदा राजस्थानका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।

बलिङमा बैङ्ग्लोरका हर्षरंगा डि सिल्भा, मोहमद सिराज र  जोश हजलउडले २-२ विकेट लिए ।

१४५ रनको लक्ष्य बैङ्ग्लोरले सहज रुपमा पार गर्ने विश्वास गरिएको थियो। तर बैङ्ग्लोर ३ खेल खेल्न बाँकी छँदा ११५ रनमै अलआउट भयो ।उसका लागि फाप डु प्लेसिसले सबैभन्दा बढी २३ रन जोडे ।

बैङ्ग्लोरको इनिङ ध्वस्त पार्ने क्रममा राजस्थानका कुलदीप सेनले ४ विकेट लिए ।