काठमाडौं / नेपाल  पहिलो टी-२० खेलमा जिम्बावे ए टिमसँग पराजित भएको छ । 

किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । 
नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

OM Sai Pathibhara Hospital

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए । रोए काए ९ रनमा अविजित रहे ।
बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि आदिल अन्सारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि किर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पौडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।

बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।