एजेन्सी / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ । 

इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो ।

OM Sai Pathibhara Hospital

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिभरपुलले अग्रता लिन सफल भयो । लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
५५ मिनेटमा सडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । उनले सलाहको पासमा गोल गरेका थिए ।
यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोलले हराएको थियो ।
दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ ।