आर्थिक

    Showing 4,121-4,130 of 4,335 items.
  • विराटनगरको बजेट ४ अर्ब १० करोड

    विराटनगर / प्रदेश एकको राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी छन् ।बजेटमा पूँजीगत खर्च तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार रुपैयाँ  , प्रशासनिक खर्च तर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५

    • प्रकाशित मितिः असार १०, २०७८
    • 184 पटक पढिएको
  • डिजल, पेट्रोल र मट्टितेलको मुल्यमा वृद्धि

    बिर्तामोड / नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मुल्य बुधबार राति १२ बजेबाट बढाएको छ।निगमका अनुसार डिजल, पेट्रोल र मट्टितेल प्रति लिटर २ रूपैयाँले बढाइएको छ।बढेको मुल्य अनुसार पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मुल्य ११० रूपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेशनबाट मुल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 195 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : एक नम्बर प्रदेशका स्थानीय निकायमा कति बजेट (सूचि सहित)

    बिर्तामोड / सरकारले रोजगारमा नरहेका नागरिकलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटमार्फत  १३ अर्ब ४० करोड रुपैयाँ बिनियोजन गरेको छ । रोजगार गुमाएका र बेरोजगार गरी  ३ लाख २५ हजार जनालाई रोजगारी दिन सरकारले बजेट बिनियोजन गरेको हो ।गत वर्ष सर्वाधिक आलोचना भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई न्यनतम एक सय दिन रोजगारी सुनिश्चित गर्न भन्दै सरकारले बजेट बिनियोजन गरेको छ ।स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारलाई काममा लगा

    • प्रकाशित मितिः असार ९, २०७८
    • 220 पटक पढिएको
  • एक अर्ब भ्रष्टाचार गरेको अभियोगमा ३ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं / आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तिन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब भन्दा वढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।सरकारले २०७१ सालमा बनाएको कर फर्छ्यौट आयोगमा रहँदा तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्माले कानून विपरीत १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो ।अख्तियारले आयोगमा रहँदा कानुन विपरीत कर छुट दिएको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।कर फर्छ्यौट आयोगमा रहेका बेला उनीहरूले कर फर्छ्यौट आयोग ऐन,

    • प्रकाशित मितिः असार ९, २०७८
    • 313 पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं / मंगलबारको तुलनामा बुधबार सुन प्रति तोलामा ३ सय र चाँदी पाँच रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 229 पटक पढिएको
  • सुनको भाउ बढ्यो

    काठमाडौँ / मंगलबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ ।गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असार ८, २०७८
    • 172 पटक पढिएको
  • नेप्सेमा गिरावट !

    काठमाडौँ / साताको दोस्रो दिन आज सेयर कारोबार उच्च अंकले घटेको छ। आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा रहेको नेप्से सोमबार ७१ अंकले घटेको छ ।‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.३७ अंकले घट्दै ५२०.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकमा १३ वटा सूचांक घटेको छ। करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका छन् । ती कारोबारबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 275 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा भारी गिरावट, कति छ आजको भाउ ?

    बिर्तामोड / स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । आज आइतबार छापावाला सुनको मूल्य तोलाको ८ सयले घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।तेजाबी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो । 

    • प्रकाशित मितिः असार ६, २०७८
    • 508 पटक पढिएको
  • शुक्रबार सुनचाँदीको मूल्यमा घट्यो

    विर्तामोड/ शुक्रबार सुनचाँदीको मूल्य घटेको रहेको छ । शुक्रबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ९० हजार आँठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी तेजाबी सुन तोलमा एक हजार दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असार ४, २०७८
    • 170 पटक पढिएको
  • पाएनन् किसानले अलैँचीको उचित मूल्य

    ताप्लेजुङ/ ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात प्रतिमन ९४० किलोग्राम० २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार-पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खर

    • प्रकाशित मितिः असार ३, २०७८
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.