बिर्तामोड / नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मुल्य बुधबार राति १२ बजेबाट बढाएको छ।

निगमका अनुसार डिजल, पेट्रोल र मट्टितेल प्रति लिटर २ रूपैयाँले बढाइएको छ।

OM Sai Pathibhara Hospital

बढेको मुल्य अनुसार पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मुल्य ११० रूपैयाँ कायम भएको छ।

भारतीय आयल कर्पोरेशनबाट मुल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।