काठमाडौँ / साताको दोस्रो दिन आज सेयर कारोबार उच्च अंकले घटेको छ। आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा रहेको नेप्से सोमबार ७१ अंकले घटेको छ 

वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.३७ अंकले घट्दै ५२०.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकमा १३ वटा सूचांक घटेको छ।

OM Sai Pathibhara Hospital

करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका छन् । ती कारोबारबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्