विर्तामोड/ शुक्रबार सुनचाँदीको मूल्य घटेको रहेको छ । शुक्रबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ। 

आज छापावाल सुन प्रतितोला ९० हजार आँठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी तेजाबी सुन तोलमा एक हजार दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।