काठमाडौं / आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तिन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब भन्दा वढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

सरकारले २०७१ सालमा बनाएको कर फर्छ्यौट आयोगमा रहँदा तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्माले कानून विपरीत १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आयोगमा रहँदा कानुन विपरीत कर छुट दिएको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर फर्छ्यौट आयोगमा रहेका बेला उनीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुग्ने गरी बदनियतपूर्ण काम गरेको प्रमाणित भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगमा रहँदा उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि भएको समेत अख्तियारले दायर गरेको मुद्दामा दावी गरिएको छ ।

दायर मुद्दामा १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) (झ) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय गर्न माग गरिएको छ ।
चडमण_शरम_ढकल_मत_२०७८०३०९_jNjWBArKvq