बिर्तामोड / स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । आज आइतबार छापावाला सुनको मूल्य तोलाको ८ सयले घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।

OM Sai Pathibhara Hospital

तेजाबी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो ।