काठमाडौँ / मंगलबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो । 

OM Sai Pathibhara Hospital

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।