आर्थिक

    Showing 3,961-3,970 of 4,335 items.
  • नेपालमा पेट्रोलियम पदार्थ रहेको चीनद्वारा पुष्टि

     दैलेख//दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीले पुष्टि गरेको छ। नेपालको भूगर्भ विभागले सार्वजनिक पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोलीले २०७६ असोजबाट दैलेखको दुल्लु नगर पालिकालाई केन्द्रमा राखेर गरेको अनुसन्धानबाट पनि पुष्टि भएको हो। ३ महिनाको प्रारम्भित अन्वेषणको कामपश्चात चिनियाँ टोली फिर्ता भएको थियो। दुई वर्ष ढिला गरि चिनियाँ टोलीले दिएको प्रतिवेदनमा पेट्रोलियम पदार्थ रहेको उल्लेख गरे तापनि परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको भूगर्भ विभागले जनाएको छ। भौगलिक अवस्था अग्लो र हो

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 127 पटक पढिएको
  • शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

    काठमाडौँ / उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको थियो ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 131 पटक पढिएको
  • झापाको गौरादहमा ५ मेगावाट विद्युत उत्पादन !

    बिर्तामोड / नदीमा आधारित विद्युत आयोजना र उत्पादन सम्भव नरहेको जिल्ला झापामा नै ५ मेगावाट विद्युत उत्पादनका लागि तयारी सुरु भएको छ ।झापाको गौरादहमा ५ मेगावाट विद्युत उत्पादनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले प्रकृया  सुरु गरेको हो ।नदीमा आधारित आयोजना र उत्पादन सम्भव नरहेको गौरादहमा सौर्य प्लान्ट स्थापना गरी विद्युत उत्पादनको तयारी सुरु गरिएको हो । इस्ट सोलार प्रालिले सौर्य उर्जा उत्पादनका लागि काम सुरु गरेको विभागले जनाएको छ ।विद्युत विकास विभागले शनिबार सूचना प्रकाशित गरेर सौर्य उर्जा उत्पादन हुने क्षेत्रमा काम गर्दा वातावरणमा प्रतिकूल असर पर्ने

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 145 पटक पढिएको
  • नेपाल-भारत महासंघको अध्यक्षमा अविनाश बोहोरासहित १५ सदस्यीय कार्यसमिति चयन

     झापा //नेपाल-भारत उद्योग वाणिज्य महासंघको अध्यक्षमा अविनाश बोहोरासहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ  । विराटनगरमा भएको तेस्रो वार्षिक साधारणसभामा नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा बोहोरासहित १५ सदस्यीय कार्यसमिति चयन भएको हो। अध्यक्षमा निर्वाचित बोहोरा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेको बताइएको छ।संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय ‘भट्टराई’, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेशकुमार राठी र कोषाध्यक्षमा विकास चौधरी चयन भएका छन् ।सदस्यहरुमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया चयन भएका छन् । बस

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 105 पटक पढिएको
  • उद्योगी मुरारका सुपारीसँगै पोस्ता दाना तस्करीमा संलग्न

    बिर्तामोड  / केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मिलेमतोमा भएका भ्रष्टाचारका घटना श्रृङ्खलावद्ध रुपमा सार्वजनिक भइरहेको समयमा अर्को नयाँ काण्ड सार्वजनिक भएको छ ।ओलीका आर्थिक सल्लाहकार रहेका विराटनगरका उद्योगी मोती दुगडसँगको मिलेमतोमा सरकारी सहयोगमा नै तेस्रो मुलुक निकासीका लागि सामान आयात गर्न दिएको विषय सार्वजनिक भएको हो । ओली सरकारले मुलुकको माग भन्दा बेसी परिमाणमा पोस्ता दाना आयातका लागि राठी ट्रेडिङ, कुबेर एड्जिन र इन्भेष्टमेन्ट प्रा.लि लगायतलाई अनुमति दिएको थियो ।भारत निकासीका लागि मुलुकमा नै माग नरहेको अवस्थामा गत आर्थिक वर्षमा सुपारी , मटर , मरीच , छोकडा र सुकुमेल लगायतका बस्तु

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 197 पटक पढिएको
  • लक्ष्मी बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सुचिकृत

    काठमाडौँ / लक्ष्मी बैंकले डिबेन्चर २०८८ नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गरेको छ। बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र सुचिकृत गराएको हो।ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत छ। यो ऋणपत्र २०८८ सालमा परिपक्व हुन्छ। सूचीकरणपछि ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिने छ। ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र बैकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन्।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 128 पटक पढिएको
  • सुन चाँदीको मूल्यमा गिरावट, कति छ आजको मूल्य ?

    बिर्तामोड / सुनको मूल्य तोलाको दुई सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दश रुपैयाँले घटेको छ । मंगलबार एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार दश रुपैयाँले घटेर एक हजार एक सय ९५ रुपैयाँ कायम भएको  सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 197 पटक पढिएको
  • अलैँचीको निर्यात २५.१३ प्रतिशतले घट्यो

    काठमाडौँ  / चालु आर्थिक वर्षको पहिलो महिनामै अलैँचीको निर्यात घटेको छ । विगतका वर्षहरूमा नेपालबाट निकासा हुने वस्तुमा दोस्रो, तेस्रो स्थानमा रहेको अलैँचीको निर्यात यो वर्ष भने ह्वात्तै घटेको हो । गत वर्षको तुलनामा यो वर्ष २५.१३ प्रतिशतले निर्यातमा कमी आएको पाइएको छ । कोरोनाका कारण असहज स्थिति हुँदा पनि गत वर्ष एक महिनाको अवधिमा नेपालबाट ४७ करोड ६२ लाख ६४ हजार रुपैयाँको ५ लाख ९५ हजार केजी अलैंची निर्यात गरेको थियो । सोही अवधिमा यो वर्षमा भने ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार केजी अलैंची निर्यात भएको छ । आगामी असोज महिनादेखि किसानले धमाधम अलैँची संकलन गर्न शुरू

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 129 पटक पढिएको
  • साताको पहिलो दिन आज नेप्से परिसूचक ४९ अङ्कले घट्यो

    काठमाडौं / साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अङ्कले घटेको छ ।आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अङ्कले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अङ्कले घटेर बन्द भएको हो ।नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 126 पटक पढिएको
  • शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

    वाग्मती / शिवम् सिमेन्टले दुई अर्ब ३४ करोड रुपैयाँ विद्युत् महसुल नतिरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिका –१६ मा रहेको शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको प्राधिकरणले जनाएको हो ।  प्राधिकरणले महसुल बापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाए पनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशि भुषण साहले जानकारी दिए । प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.