दैलेख//दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीले पुष्टि गरेको छ।

नेपालको भूगर्भ विभागले सार्वजनिक पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोलीले २०७६ असोजबाट दैलेखको दुल्लु नगर पालिकालाई केन्द्रमा राखेर गरेको अनुसन्धानबाट पनि पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

३ महिनाको प्रारम्भित अन्वेषणको कामपश्चात चिनियाँ टोली फिर्ता भएको थियो।

दुई वर्ष ढिला गरि चिनियाँ टोलीले दिएको प्रतिवेदनमा पेट्रोलियम पदार्थ रहेको उल्लेख गरे तापनि परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको भूगर्भ विभागले जनाएको छ।

भौगलिक अवस्था अग्लो र होचो भएको हुनाले  ड्रिलिङ गर्ने ठाउँ अति संवेदनशिल रहेको भन्दै दैलेखको पंचकोशी क्षेत्रको पश्चिमतिर कम्तिमा ४ किलोमिटरमा तत्काललाई एक ठाउँमा मात्र ड्रिलिङ हुने चिनियाँ प्रतिवेदनमा उल्लेख रहेको छ।

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनीको अवस्था कस्तो भनेर एमआरआई जस्तो सर्वे गर्ने गरिएको थियो।

अब, चिनियाँ टोलीले ड्रिलिङपछि भण्डारण कति छ,  कहाँसम्म फैलिएको कहाँबाट निकाल्न मिल्छ, उत्खननमा खर्च कति आउने, फाईदा कति हुने ईत्यादि कुरा गर्ने बताइएको छ।

भूगर्भ विभागका अनुसार ड्रिलिङ गर्न काम सुरु भएको समयले कम्तिमा ५ महिना लाग्ने भूगर्भ विभाग भूगर्भ विद् तथा पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताएका छन् ।

अन्वेषणका क्रममा अनुसन्धान टोलीले जमिनमुनीमा कम्तिमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्ने बताइएको छ।