काठमाडौँ / लक्ष्मी बैंकले डिबेन्चर २०८८ नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गरेको छ। बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र सुचिकृत गराएको हो।
ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत छ। यो ऋणपत्र २०८८ सालमा परिपक्व हुन्छ। सूचीकरणपछि ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिने छ।
ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र बैकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन्।






































