झापा //नेपाल-भारत उद्योग वाणिज्य महासंघको अध्यक्षमा अविनाश बोहोरासहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ  ।

विराटनगरमा भएको तेस्रो वार्षिक साधारणसभामा नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा बोहोरासहित १५ सदस्यीय कार्यसमिति चयन भएको हो।

OM Sai Pathibhara Hospital

अध्यक्षमा निर्वाचित बोहोरा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेको बताइएको छ।

संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय ‘भट्टराई’, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेशकुमार राठी र कोषाध्यक्षमा विकास चौधरी चयन भएका छन् ।

सदस्यहरुमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया चयन भएका छन् ।

बस्नेत मनोनित भएका हुन् भने डालमिया निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी बेनीगोपाल मुन्दडा, यादव पोखरेल,  सोम अधिकारी, महेश पौडेल , रविन दाहाल,गायत्री भण्डारी, सन्तोषकुमार चौधरी र श्रवणकुमार अग्रवाल समेत सदस्यमा चयन भएका छन् ।