बिर्तामोड / सुनको मूल्य तोलाको दुई सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दश रुपैयाँले घटेको छ । 

OM Sai Pathibhara Hospital

मंगलबार एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार दश रुपैयाँले घटेर एक हजार एक सय ९५ रुपैयाँ कायम भएको  सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।