बिर्तामोड / सुनको मूल्य तोलाको दुई सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दश रुपैयाँले घटेको छ ।





































