काठमाडौं / साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अङ्कले घटेको छ ।

आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अङ्कले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अङ्कले घटेर बन्द भएको हो ।

OM Sai Pathibhara Hospital

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।