बिर्तामोड / नदीमा आधारित विद्युत आयोजना र उत्पादन सम्भव नरहेको जिल्ला झापामा नै ५ मेगावाट विद्युत उत्पादनका लागि तयारी सुरु भएको छ ।

झापाको गौरादहमा ५ मेगावाट विद्युत उत्पादनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले प्रकृया  सुरु गरेको हो ।

नदीमा आधारित आयोजना र उत्पादन सम्भव नरहेको गौरादहमा सौर्य प्लान्ट स्थापना गरी विद्युत उत्पादनको तयारी सुरु गरिएको हो । इस्ट सोलार प्रालिले सौर्य उर्जा उत्पादनका लागि काम सुरु गरेको विभागले जनाएको छ ।

विद्युत विकास विभागले शनिबार सूचना प्रकाशित गरेर सौर्य उर्जा उत्पादन हुने क्षेत्रमा काम गर्दा वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा लिखित राय पठाउन स्थानीयलाई सूचित गरेको छ ।

कम्पनीले वार्षिक सरदर ९.६४४ गिगावाट प्रति घन्टा विद्युत उत्पादन गर्ने विभागले जानकारी गराएको छ । उत्पादित विद्युत बुलुचोक स्टेसनमा जोडिने छ।