आर्थिक

    Showing 3,711-3,720 of 4,333 items.
  • पाँच महिनामा १४ करोडको नुन बिक्री

    वीरगञ्ज  / साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं. २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल १४ करोड  रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ।कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कुल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए। २०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय फड्को मारेको छ। संस्थामा सरकारको २२ प्रतिश

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 113 पटक पढिएको
  • तरकारीको आजको मूल्य सूचीसहित यसप्रकार

    काठमाडौं / विभिन्न तरकारीको आज मङ्गलबारको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  सार्वजनिक गरेको छ । बजारले सार्वजनिक गरेको मूल्य सुचीका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको देखिएको छ ।सूचीमा आज रातो आलु प्रतिकेजी ३२ रुपैयाँ रहेको छ भने सेतो आलु २३ रुपैयाँ ५० पैसा रहेको सार्वजनिक गरिएको छ। त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ , गोलभेँडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र प्याजको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ रहेको छ । 

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 87 पटक पढिएको
  • यस्तो छ विभिन्न देशको विनिमयदर

    काठमाडौं / मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भन

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 126 पटक पढिएको
  • दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

    झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको हो । गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको  महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक ह

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 115 पटक पढिएको
  • सेयर बजारमा ७० अङ्कको गिरावट

    काठमाडौँ  / सोमबार सेयर बजारको परिसूचक नेप्से करिब ७० अङ्कले घटेको छ । ६९.७७ अङ्कले घटेसँगै नेप्से २५२१ अङ्कमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भयो ।आइतबार ५ अर्ब १७ करोडको कारोबार भएको थियो ।सबै उपसमूह घटेका छन् । बैंकिङ २७, ब्यापार ६८, होटल तथा पर्यटन ४२, विकास बैंक १७३, जलविद्युत १०८, फाइनान्स ७०, निर्जीवन बीमा ६१८, उत्पादन ११६, अन्य ९३, माइक्रोफाइनान्स ११९, जीवन बीमा २९० र लगानी उपसमूह ३ अंकले घटेका छन् ।कुल १८२ कम्पनीको मूल्य घट्दा ८ को बढ्यो । दुई कम्पनी गोर्खा फाइनान्स र मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 135 पटक पढिएको
  • मेचीनगर नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता

    झापा  / झापाको मेचीनगर नगरपालिका र नगर विकास कोषबीच मेचीनगर कृषि मण्डी आयोजनाका लागि ऋण सम्झौता भएको छ । मेचीनगर नगरपालिका –१० मा ९० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको मेचीनगर कृषि मण्डी आयोजनाका लागि नगरपालिका र नगर विकासबीच सम्झौता भएको हो ।  ।नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यबीच नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । मेचीनगर कृषि मण्डी आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने बताइएको

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 118 पटक पढिएको
  • सोलु कोरिडोर निर्माण सम्पन्न

    गाइघाट / सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । तीन वर्षदेखि अवरुद्ध हुँदै आएको सो आयोजनाको काम शनिबार सम्पन्न भएको हो । सो आयोजना निर्माणमा उदयपुरको कटारी नगरपालिका –४, मरुवा क्षेत्रका स्थानीयवासीले आफूहरूको घर र धान फल्ने खेत नै प्रभावित हुने भएकाले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए । पछिल्लो समय किसानको माग सम्बोधन गरेर सहमति जुटेपछि प्रसारण लाइनको टावर निर्माण र तार टाँग्ने काम सकिएसँगै आयोजनाको निर्माण कार्य सम्पन्न भएको आयोजनाका प्रमुख जनार्

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 131 पटक पढिएको
  • दूधकोशी हाइड्रोपावरमा पाइप पड्‌किँदा दुई इन्जिनियरको मृत्यु

    सोलुखुम्बु  / सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्‌किँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापा रहेका छन् । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पताल पुर्याउँने साथ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 164 पटक पढिएको
  • विद्युत चुहावट चार महिनामै २.८३ प्रतिशतले घट्यो

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा २.८३ प्रतिशतले विद्युत चुहावट घटाएको छ । प्राधिकरणले गत साउनदेखि कात्तिकसम्ममा २.८३ प्रतिशतले विद्युत चुहावट घटाएको हो  नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 125 पटक पढिएको
  • आजको बजारमा सुनचाँदीको मूल्य

    झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो ।आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.