काठमाडौं / मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।