सोलुखुम्बु  / सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्‌किँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापा रहेका छन् । 

OM Sai Pathibhara Hospital

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पताल पुर्याउँने साथ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर पनि गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।