काठमाडौं / विभिन्न तरकारीको आज मङ्गलबारको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  सार्वजनिक गरेको छ । बजारले सार्वजनिक गरेको मूल्य सुचीका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको देखिएको छ ।

सूचीमा आज रातो आलु प्रतिकेजी ३२ रुपैयाँ रहेको छ भने सेतो आलु २३ रुपैयाँ ५० पैसा रहेको सार्वजनिक गरिएको छ। 

OM Sai Pathibhara Hospital

त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ , गोलभेँडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र प्याजको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ रहेको छ ।