झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको हो । 

गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको  महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा झरेको हो ।