वीरगञ्ज  / साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं. २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल १४ करोड  रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कुल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।

OM Sai Pathibhara Hospital

कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए। 

२०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय फड्को मारेको छ। संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नुन, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ। 

कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, खाद्य उद्योग, नेपाल वनस्पति ध्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो।

यसैगरी नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ। सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नुन, चामल र मलको कमी हुन दिएको छैन।

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एशियामै सस्तो छ। कर्पोरेशनले ७ वर्षअघिकै मूल्यमा नुनको सहजरुपमा बिक्रीवितरण गर्दै आएको छ।