झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महासङ्घलले जनाएको छ ।