आर्थिक

    Showing 2,711-2,720 of 3,699 items.
  • सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, कसको कति ?

    काठमाडौं / सरकारले सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आव २०७९/८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो ।यससँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तिमा ३५ सय २० रुपैयाँदेखि १० हजार २६० रुपैयाँसम्म बढेको छ। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। चालु वर्ष २०७८/७९ का लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो दुई हजारले बढाएका थिए।तर, यसपालि भने अर्थमन्त्री शर्माको बजेटबाट तलब १५५ ले बढेको हो। बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पन

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 128 पटक पढिएको
  • अब व्यक्तिले आफूखुसी घरजग्गा बेच्न नपाउने

    काठमाडौँ  / अर्थमन्त्री जनार्दन शर्माले आधिकारिक निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो । सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तिले घरजग्गा कारोबार गर्न पाउने छैनन् । पछि सबै पालिकामा यस्तो व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए ।त्यस्तै सरकारले घरजग्गाको एकीकृत मूल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा कारोबार गर्दा अर्बौँ पूँजीगत लाभकर छली हुने भएको भन्दै प्रश्न उठ्दै

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 132 पटक पढिएको
  • बजेट : खाना पकाउने ग्यासको मूल्य बढ्ने

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मूल्य बढ्ने भएको जानकारी गराएका छन् ।यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्यास मुक्त बनाउने भएको छ भने ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिने समेत शर्माले जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 111 पटक पढिएको
  • विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

    काठमाडौं / सरकारले विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थीहरूको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 187 पटक पढिएको
  • अब वृद्ध भत्ता ६८ वर्षमै

    काठमाडौं / सरकारले सामाजिक सुरक्षा अन्तर्गत वृद्धवृद्धालाई बाँडिदै आएको उमेर सीमा घटाएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यसको उमेर ७० बाट ६८ वर्षमा झारेको बताए।प्रधानमन्त्रीले यसलाई ६५ वर्षमा झार्ने बताएका थिए। अहिले बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ छ। उमेर २ वर्ष घटाएका कारण यसको सरकारी कोष माथि भार बढ्ने छ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 127 पटक पढिएको
  • बजेट : युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब

    काठमाडौं / सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत सो जानकारी दिएका हुन् ।उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गरिएको पनि जनाएका छन् । उनले खेलकुद सङ्घलाई दिएको अनुदान वृद्धि गरिएको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 92 पटक पढिएको
  • बजेट : स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्न २६ करोड

    काठमाडौँ / स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न २६ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राख्दै इनोभेसनलाई बढावा दिन बिजनेस इन्क्युबेसन सेन्टर सरकारले नै सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।उद्यमशीलतालाई प्राथमिकता दिँदै आगामी बजेटमा युवा उद्यमशीलता र स्टार्टअपमा सुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरेको हो । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 103 पटक पढिएको
  • प्रादेशिक अस्पतालहरूमा डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन

    काठमाडौँ / सरकारले मिर्गौला रोगीहरूको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।त्यस्तै सबै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरूलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 98 पटक पढिएको
  • निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिइने

    काठमाडौं / सरकारले बढ्दो व्यापार घाटालाई कम गरी अर्थतन्त्रलाई राहत दिन निर्यात प्रवर्द्धनका विभिन्न उपायहरू अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तुत गर्दै निर्यात प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।बढ्दो व्यापार घाटाका कारण चालु खाता तथा सोधानान्तर घाटा बढेर अर्थतन्त्रमा चाप परेको अर्थमन्त्रीको भनाइ छ । यसको समाधानका लागि कृषि, उद्योग, जलविद्युत तथा सेवा क्षेत्रको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने उनले जानकारी दिए ।बजेटमा विदेशबाट आयात हुने वस्तुहरूको गुणस्तरको मापदण्ड बनाइ लागू गरिने बताइएको छ । यस्तै, अदुवा, अलैंची, जडिबुटीलगायतका तुलनात्

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 96 पटक पढिएको
  • बजेट : वैदेशिक लगानीका लागि न्यूनतम सीमा २ करोड

    बिर्तामोड / सरकारले न्यूनतम ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याउन पाइने व्यवस्थालाई घटाउँदै २ करोडमा झारेको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रक्रियाबाट स्वीकृत गर्ने र उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको बताएका छन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 89 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.