काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले केही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै छ । बुधबार प्रतितोला ७ सय रुपैयाँले वृद्धि हुँदा सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । 

सुनको मूल्यमा वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारणलाई जिम्मेवार मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाडपर्वसँग यसको कुनै सम्बन्ध छैन । 

OM Sai Pathibhara Hospital

अमेरिकामा घट्दो ब्याजदरले सुनको माग बढाएको छ । युक्रेन र रुसबीचको द्वन्द्व, इरान र इजरायलका बीचको संघर्ष, र विश्वका केन्द्रीय बैंकहरूको सुन भण्डारणमा वृद्धि हुँदा पनि सुनको मूल्य वृद्धि हुँदैछ ।