काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ५९.०२ अङ्कको गिरावट आएको छ, जसले बजारलाई २,५२९.३३ अङ्कमा झारिदिएको छ । कुल ३२९ कम्पनीका १.३५ करोड कित्ता शेयर ७७,१५३ पटक कारोबार हुँदा रु ५ अर्ब ६६ करोडको कारोबार भएको छ ।

सुरुवाती कारोबारदेखि नै नेप्सेमा दबाब देखिएको थियो, जसले गर्दा सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा बढी ५.५६ प्रतिशतले घटेको छ, जबकि बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९, र लगानी समूह २.७३ प्रतिशतले घटेका छन् ।

OM Sai Pathibhara Hospital

जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचकमा पनि क्रमशः २.३५, २.६९, १.८१, ०.४८, ३.९३, र २.२२ प्रतिशतले गिरावट आएको छ ।

आजको कारोबारमा २२९ कम्पनीका शेयर मूल्य घटेका छन् भने केवल १४ कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावरका शेयर मूल्य १० प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा धेरै रु २१ करोड १३ लाखको कारोबार गरेको छ भने शेयर सङ्ख्याका आधारमा लक्ष्मी सनराइज बैंक प्रमोटर शेयरको पाँच लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।