काठमाडौं–आज युएई दिराम र मलेसियन रिङ्गेटको विनिमय दर घटेको छ भने अन्य विदेशी मुद्राको विनिमय दरमा पनि सामान्य परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै मङ्गलबारको तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको जानकारी दिएको छ ।

यस अनुसार युएई दिरामको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । 

OM Sai Pathibhara Hospital

अन्य प्रमुख मुद्राहरूको विनिमय दरमा अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने युरोपियन युरोको खरिद दर १४८ रुपैयाँ ६१ पैसा र बिक्री दर १४९ रुपैयाँ २८ पैसा छ । यसैगरी, पाउण्ड स्ट्रलिङको खरिद दर १७८ रुपैयाँ ५२ पैसा र बिक्री दर १७९ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येनको खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  


25th