काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । डलर गत हप्ताको तुलनामा घटेको छ । गत साता अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा थियो भने विक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो । 

OM Sai Pathibhara Hospital

युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अन्य मुद्राहरूमा पनि सामान्य गिरावट देखिएको छ । 

राष्ट्र बैंकले यो दरलाई जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

22th