काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज भएको वृद्धिसँगै हालसम्मकै उच्च स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको छ ।

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा रु १,७००ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १,५७,१००मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,५८,८०० निर्धारण गरिएको छ ।

असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २,१०० ले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ५ले वृद्धि भएर १,९२० निर्धारण गरिएको छ ।