मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले घरभित्र लुकाएर राखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतान पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले सिङतानको घरमा खानतलासी गर्दा बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।प्रहरीका अनुसार ‘ल्य। ०१७११०’ अंकित एक थान पेस्तोल र त्यससँग सम्बन्धित एक थान म्यागजिन बरामद गरिएको छ।बरामद गरिएको पेस्तोलको सम्बन्धमा थप अनुसन्धा
काठमाडौं । मोबाइल एपमार्फत अनलाइन सट्टेबाजी सञ्चालन गर्दै २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।काठमाडौं प्रहरी परिसरको टोलीले ४१ वर्षीय प्रेम थापालाई शुक्रबार साँझ भद्रकालीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी बूढानीलकण्ठ नगरपालिका–१२ का बासिन्दा हुन्।प्रहरीले भद्रकाली क्षेत्रमा शंकास्पद अवस्थामा देखेपछि थापामाथि चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट चार थान मोबाइल फोन र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।अनुसन्धानका क्रममा थापाले 1xbet, 1XBET PARTNERS र MobCash Application प्रयोग गरी सट्टेबाजी गर्ने तथा गराउने गरेक
काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको भनिएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्नता देखिएको भन्दै वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।असार १४ गते ग्वार्कोस्थित अस्पतालको आइभीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको आरोपपछि परिवारले साउन १ गते प्रहरीमा जाहेरी दिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले डा. शर्मासँग बयान लिएर उनलाई हाजिर जमानीमा छाडेको ललितपुर प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनामा बिचौलियाको भूमिकामाथि समेत अनुसन्धान भइरहेको छ। यसअघि प्रहरीले लमजुङकी राधिका गोतामेलाई नियन्त्रणमा ल
काठमाडौं । प्रहरीको परिचय दिँदै आएको भनिएको एक समूहले मोटरसाइकलबाट युवकलाई झारेर स्कर्पियोमा राखी लगेको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। शनिबार दिउँसो कोटेश्वरबाट टीकाथलीतर्फ जाँदै गरेका कञ्चनपुरका पुष्पेश भाट त्यसरी लगिएको दाबी गरिए पनि २० घण्टा बितिसक्दा उनको अवस्था अझै अज्ञात छ ।पुष्पेश याङ्गोमार्फत मोटरसाइकलमा सवार थिए। चालक जिलाप तामाङका अनुसार चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएको समूहले बाटोमै मोटरसाइकल रोकेर आफूहरू प्रहरी भएको बताएको थियो। त्यसपछि पुष्पेशलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगिएको उनको भनाइ छ ।घटनापछि परिवारले विभिन्न प्रहरी कार्यालय धाए पनि पुष्प
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा घरमै मृत भेटिएका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा प्रहरीले १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि कटवाल र कार्कीबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।घरमै कटवाल मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालेको प्रहरीले घटनासँग जोडिएका व्यक्तिमाथि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कार्की पक्राउ परेका हुन् ।प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा कार्कीले विवादपछि चक्कु प्रहार
काठमाडौं । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाललाई काठमाडौंको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो ।वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साउन २४ गते दुलाललाई पक्राउ गरेको जनाएको छ । उनले क्यानडामा रोजगारी लगाइदिने भन्दै एक व्यक्तिलाई विश्वासमा पारेर ३७ लाख रुपैयाँ लिएको तर विदेश पठाउने प्रक्रिया अघि नबढाएको आरोप लागेको छ ।विदेश जाने सपना देखाएर ठूलो रकम असुलिएको उजुरीपछि विभागले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि काठमाडौंमा खोजी तीव्र बन
वीरगञ्ज / पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थको अनधिकृत कारोबार भइरहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी आईसीपी हुँदै नेपाल प्रवेश गरेको ना।७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा उनीहरूलाई सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको हो। फलामको पाइपको हुक प्रयोग गरी ट्याङ्करको सिल उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखाका कर्मचारी २३ वर्षीय अ
जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले राससलाई जानकारी दिनुभयो । उहाँले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताउनुभयो । महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ÷नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन् । ट
महेन्द्रनगर। कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् ।का सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।यसैबीच, जुवाको खालबाट आठ जना पक्र
सर्लाही /सरकारले अनुदानमा उपलब्ध गराएको डीएपी मल चर्को मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानित मल अवैध रूपमा बिक्री भइरहेको सूचनापछि गरिएको निगरानीका क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोर किराना पसलमा डीएपी मल बढी मूल्यमा बिक्री भइरहेको फेला परेको हो।प्रहरीले पसल सञ्चालन गर्ने मलंगवा नगरपालिका–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई नियन्त्रणमा लिएको छ। उनीहरूले अनुमति बिना खेतीका लागि अनुदानमा उपलब्ध हुने डीएपी मल प्रतिबोरा तीन हजार पाँच सय रुपैयाँमा बिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.