मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले घरभित्र लुकाएर राखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतान पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले सिङतानको घरमा खानतलासी गर्दा बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।

प्रहरीका अनुसार ‘ल्य। ०१७११०’ अंकित एक थान पेस्तोल र त्यससँग सम्बन्धित एक थान म्यागजिन बरामद गरिएको छ।बरामद गरिएको पेस्तोलको सम्बन्धमा थप अनुसन्धानका लागि सिङतानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।