काठमाडौं— अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन्।तार्केश्वर नगरपालिका–१ निवासी ४३ वर्षीय लवटलाई प्रहरीले सोमबार सुन्धारा स्थित केन्द्रीय कारागार नजिकबाट पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार लवट जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए। त्यसयता उनको खोजी कार्य जारी रहेकामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई सुन्धारा क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो।पक्राउपछि लवटलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जानकारी दिएको छ।
महोत्तरी— महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट शुक्रबारदेखि बेपत्ता भएका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।स्थानीय रोहीत यादवका छोरा मनिकेश यादव घर नजिकै खेलिरहेका बेला हराएका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालकको शव आइतबार गाउँकै पोखरीमा बोराभित्र राखिएको अवस्थामा भेटिएको हो।शव शंकास्पद अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।यसैबीच, जलेश्वर नगरपालिका क्षेत्रबाट हराएका दुई अन्य बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं— पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए ।त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ ।ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।सेनाले मिरान शाहमा
काठमाडौं— प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । गोसाईकुण्ड गाउँपालिका—६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सयसहित सोही गाउँपालिका—३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई श
भक्तपुर । भक्तपुरमा भएको आफ्नै श्रीमती हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका विदुर विश्वकर्माले प्रहरीसमक्ष सनसनीपूर्ण बयान दिएका छन्। उनले पत्नी सलिना तोलाङ्गे अन्य पुरुषहरूसँग नजिक रहेको आशंका गर्दै आफू आवेगमा पुगेको बताएका छन्। प्रहरी स्रोतका अनुसार विदुरले बयानका क्रममा तीन जनाको नामसमेत उल्लेख गरेका छन्। तर अनुसन्धान अधिकारीहरूले उनको भनाइलाई मात्र आधार बनाएर निष्कर्षमा पुग्न नसकिने बताएका छन्।प्रहरीका अनुसार मदिरा सेवनपछि उत्पन्न विवादले उग्र रूप लिँदा घटना भएको प्रारम्भिक संकेत देखिएको छ। घटनामा सलिनाको ज्यान गएको थियो भने झगडाको बीचमा परेका उनीहरूका ८ वर्षीय छोरा पनि घाइते भएक
काठमाडौं— अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–६, धुन्चे बजारस्थित पासाङ ल्हामु राजमार्गमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो जाँच गर्ने क्रममा रसुवा गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेको हो।प्रहरी निरीक्षक राजु शाहका अनुसार गुरुङले बोकेको झोलाभित्र १ हजार, ५०० र १०० दरका नोट गरी कुल १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको थियो। रकमको स्रोत पुष्टि गर्न नसक
काठमाडौं— अमेरिकाको ओहायो राज्यको टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिक गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई पक्षबीच एकअर्कातर्फ गोली प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा प्रत्येक वर्ष आयोजना हुने सामुदायिक उत्सवको आसपास भएको हो। उत्सवमा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोली चलेको बताइएको छ।गोली चलेपछि
विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं— कालिकोट र प्यूठान जिल्लामा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको नेपाली सेनाले जनाएको छ ।उक्त वस्तुहरूको जानकारी प्राप्त भएपछि नेपाली सेनाबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ। स्थानीय बासिन्दालाई शंकास्पद व
काठमाडौं— धनगढीमा दिनदहाडै भएको खुकुरी हानाहानको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ। भाटभटेनी सुपरमार्केट बाहिर भएको रक्तरञ्जित झडपमा संलग्न व्यक्तिहरूले एकअर्कामाथि खुकुरी प्रहार गरेको बताइएको छ।व्यस्त बजार क्षेत्रमै भएको घटनापछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार झडप अचानक सुरु भएको थियो र घटनास्थलमा उपस्थित सर्वसाधारणहरू भागाभाग गर्न बाध्य भएका थिए।घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान अघि बढाएको जनाएको छ। झडपको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।सार्वजनिक स्थलमै दिनदह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.