विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





































