काठमाडौं— अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन्।

तार्केश्वर नगरपालिका–१ निवासी ४३ वर्षीय लवटलाई प्रहरीले सोमबार सुन्धारा स्थित केन्द्रीय कारागार नजिकबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार लवट जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए। त्यसयता उनको खोजी कार्य जारी रहेकामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई सुन्धारा क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउपछि लवटलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जानकारी दिएको छ।