महोत्तरी— महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट शुक्रबारदेखि बेपत्ता भएका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।
स्थानीय रोहीत यादवका छोरा मनिकेश यादव घर नजिकै खेलिरहेका बेला हराएका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालकको शव आइतबार गाउँकै पोखरीमा बोराभित्र राखिएको अवस्थामा भेटिएको हो।
शव शंकास्पद अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, जलेश्वर नगरपालिका क्षेत्रबाट हराएका दुई अन्य बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





































